नियम १६क
जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेः
(१) ऐनको दफा १२ग. को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) बमोजिमका कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा सट्टापट्टा वा स्थानान्तरण गरी अन्य स्थानमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था सञ्चालन गर्न चाहेमा देहायका विवरण तथा कागजात संलग्न गरी _ अनुसूची-५क. बमोजिमको ढाँचामा बिभागमा निवेदन दिन सक्नेछः-
(क) जग्गा सट्टापट्टा-वा स्थानान्तरण गर्नु परेको उचित र प्रर्याप्त कारण तथा सोलाई पुष्टि गर्ने कागजात,
(ख) सदट्टापट्टा वा स्थानान्तरण गर्दा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी बा संस्थाको उद्देश्य विपरीत नहुने गरी सट्टापट्टा बा स्थानान्तरण गर्ने प्रतिबद्धता,
(ग। भूउपयोग सम्बन्धी प्रचलित कानूनको अधीनमा रही भूउपयोग गर्ने र सट्टापट्टा बा स्थानान्तरण पश्चात साबिकको उत्पादन नघट्ने गरी प्रस्तावित जग्गा खरिद गर्ने योजना तथा कबुलियतनामा,
(घ) साबिकमा आफूले उपयोग गरेको जग्गा भन्दा कम क्षेत्रफल जग्गा खरिद नगरिने सुनिश्चितता सहितको कबुलियतनामा,
(ङ) यो नियम प्रारम्भ हुँदाका बखत उपलब्ध गराउँदै आएको रोजगारीको सङ्ख्याभन्दा कम नहुने कबुलियतनामा,
(च) सदट्टापट्टा वा स्थानान्तरण गर्दा सट्टापट्टा वा स्थानान्तरण भई जाने स्थानको वातावरणीय प्रभावका सम्बन्धमा प्रचलित कानून बमोजिम स्वीकृत बातावरणीय अध्ययन प्रतिवेदन,
(छ) त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, 'कम्पनी बा संस्था दर्ता गर्ने निकायको सिफारिसपत्र ।
(२) उपनियम (१) मा उल्लिखित विवरण तथा कागजातहरु निबेदनसाथ संलग्न भए वा नभएको सम्बन्धमा विभागले जाँच गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा उपनियम (१) मा उल्लिखित विवरण तथा कागजातहरु संलग्न रहेको नदेखिएमा सात दिनभित्र आवश्यक विवरण तथा कागजातहरु पेश गर्न सम्बन्धित कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई सूचना दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम जाँच गरेपछि वा उपनियम (३) बमोजिम विवरण तथा कागजात प्राप्त भएपछि विभागले आवश्यकता अनुसार त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी बा संस्थाको स्थलगत निरीक्षण गरी निवेदकको माग उपयुक्त रहे वा नरहेको सम्बन्धमा विस्तृत प्रतिवेदन तयार गरी आफ्नो राय सहितको प्रतिवेदन, निवेदन र सो साथ संलग्न विवरण तथा कागजात मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम: प्राप्त विवरण तथा कागजातको अध्ययन गर्दा निवेदकको माग उपयुक्त देखिएमा मन्त्रालयले स्वीकृतिका लागि सो सम्बन्धी प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पेश भएको प्रस्ताव उपयुक्त देखिएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा रहेको जग्गा सट्टापट्टा बा स्थानान्तरण गर्न आवश्यक शर्त तोकी स्वीकृति दिन सक्नेछ ।
(७) उपनियम (६) बमोजिम जग्गा सट्ापट्टा वा स्थानान्तरण “गर्न स्वीकृति प्राप्त गरेका कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले साबिकमा प्रयोग गरेको जग्गा त्यस्तो सट्टापट्टा बा स्थानान्तरण पछि कायम हुने जग्गाधनीले ऐनको दफा १२ को अधीनमा रही हदबन्दी छुटको स्वीकृति लिनु पर्नेछ ।